नेकपाका अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत हाैबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत हाै यान्छीबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न चिनियाँ राजदूत हाै बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेकी थिइन् ।

भेटमा उनीहरुबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । केही दिनअघि राजदूत हाैले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *