नेकपाको दुवै खेमाको केन्द्रिय कमिटी बैठक बस्दै

 

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बिहान साढे ११ बजे बबरमहलमा हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको ३८ पृष्ठ लामो आरोप पत्रको जवाफ दिने भएका छन् ।
बैठकले पार्टीको महासचिव समेत चयन गर्ने तयारी गरेको छ । यसअघि बुधबार बसेको नेकपा संसदीय दलको बैठकले दलको नेताबाट ओलीलाई हटाएर प्रचण्डलाई निर्वाचित गरेको थियो ।

यसैबीच नेकपाको ओली पक्षीय केन्द्रीय बैठक दिउँसो १ बजे बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । ओली पक्षले बुधबार सातै प्रदेशमा मनोनित नयाँ र पुराना केन्द्रीय सदस्यलाई प्रशिक्षण दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *