हवाईको किलाएवा ज्वालामुखी विस्फोट

हवाई । विश्वकै सबैभन्दा सक्रिय ज्वालामुखीका रुपमा चर्चित हवाई दिपको किलाएवा ज्वालामुखी पुन विस्फोट भएको छ । ज्वालामुखीबाट ठुलो परिमाणमा खरानी निस्केको छ र त्यको लाभा ८२ फिट उचाइसम्म माथि उठिरहेको छ ।

अमेरिकाको हवाईस्थित निगरानी केन्द्रले उक्त ज्वालामुखी माथि निगरानी गर्दै आइरहेको छ । डिसेम्बर २० मा राति स्थानीय समय साढे ८ बजे किलाएवा पर्वतको फेदमा भुकम्प आएको बताइएको थियो । अमेरिकी भुगर्भ सर्वेक्षणअनुसार भुकम्प ४ दशमलव ४ रिक्टर स्केल मापन गरिएको थियो । राति करिब साढे ९ बजे ज्वालामुखीबाट खरानी र लाभा निस्कन थाले । यसअघि ज्वालामुखीको खरानीको निगरानी गर्ने वासिंगटनस्थित संस्थाले ज्वालामुखीबाट उत्सर्जित खरानी ३० हजार फुट माथिसम्म उठ्न सक्ने र त्यसले हवाई उडानमा समस्या आउने चेतावनी दिएको थियो ।

उक्त ज्वालामुखीबाट निस्केको लाभा धरै टाढाबाट पनि देख्न सकिने बताइएको छ । पुरै हवाई दिपमा भुकम्पको धक्का महसुस गरिएको थियो । यात्रुवाहक विमानहरुलाई चेतावनी जारी गरिसकेको छ र अरेन्ज स्तरको अलर्ट घोषणा गरिएको छ । ज्वालामुखीबाट निस्केका लाभा पुरै इलाका भरिँदै गएको छ । लाभाका कारण ज्वालामुखीको वरपर एक पोखरी नै बनेको छ ।

लाभाले बेनेको पोखरी फैलिँदै गइरहेको छ । हरेक घन्टामा उक्त पोखरीको स्तर कयौं मिटर बढिरहेको छ । किलाएवा ज्वालामुखी हवाईको ज्वालामुखी नेसनल पार्कमा पर्छ । सन् १९५२ देखि अहिलेसम्ममा किलाएवा ज्वालामुखी ३४ पटक विस्फोट भइसकेको छ । यो हवाई दिपमा सबैभन्दा कम उमेरको ज्वालामुखी हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *