सभामुखलाई संसद बैठक आह्वानका लागि जनता समाजवादी पार्टीको आग्रह

काठमाडौं । जनता समाजवादी पार्टीले संसद अधिवेशन आह्वान गर्न प्रतिनिधिसभाका सभामखुलाई आग्रह गर्ने निर्णय गरेको छ । मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारीणी समितिको बैठकले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जिवितै रहेको निष्कर्ष सहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक शुरु गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा अहिलेपनि जिवित रहने निष्कर्ष सहित सभामुखलाई बैठक आव्हान गर्न आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *