काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक सुरु भएको हो । स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने, जिम्मेवारी हेरफेर गर्ने, कृष्णबहादुर महरालाई स्थायी समितिमा ल्याउने, संघर्षका कार्यक्रम र राजनीतिक घटनाक्रमबारे समसामयिक प्रस्ताव छलफलका लागि पेस भएका छन् ।
