ओली बिरुद्ध रणनीति तय गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौ. । मुलुकको पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आजको लागि बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि कांग्रेसले तीव्र विरोध गरेको छ । कांग्रेसले यहि विषयमा सोमबार सर्वदलीय बैठक आह्वान गरेर छलफल गरेको थियो । ओली बिरुद्ध कांग्रेस एक ठिक्का भएर जाने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *