काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज बिभाजनको औपचारिकता पाउने भएको छ । प्रधानमन्त्री केपी ओली खेमा र पुष्पकमल दाहाल (प्रचण्ड) खमाले आज छुट्टा छुट्टै रुपमा केन्द्रिय समितिको बैठक बोलाएका छन ।
संसद विघटन गरेपछि आलोचनाको केन्द्रमा रहेका अध्यक्ष ओली र त्यसको विरोधमा रहेका असन्तुष्ट अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्षले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् ।
प्रचण्ड–नेपाल पक्षले आइतबारको स्थायी कमिटी बैठक मार्फत ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो । त्यसलाई ओली पक्षले अवैध भन्दै खारेज गरिदिएको छ ।
ओली पक्षले पार्टीको प्रथम अध्यक्ष प्रचण्ड नभएकाले उनको समूहले गर्ने कुनै पनि बैठक विधान विपरित हुने दावी गर्दै आएको छ । प्रचण्ड–नेपाल समूह भने बहुमत आफ्नो पक्षमा रहेकाले बैठक आधिकारिक हुने दावी गरेको छ ।
