‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को विभिन्न विधामा मनोनयन

सुदूरपश्चिम । धनगढीमा हुन लागेको ‘एसपिए सुदूरपश्चिम स्पोट्र्स अवार्ड २०८०’ का लागि वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन आइतबार सार्वजनिक गरिएको छ ।

वर्ष प्रशिक्षक विधातर्फ कबड्डीका विष्णुदत्त भट्ट, भारत्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द जोशी मनोनयनमा परेका आयोजक नेपाल खेलकूद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

वर्ष युवा खेलाडीतर्फका मनोनयनमा भारत्तोलनका हेमन्त पाल, फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द परेका छन् ।

सुदूरपश्चिम आइकन पुरुषतर्फका विधामा एथ्लेटिक्सका आशीष महरा, शारीरिक सुसङ्गठनका रञ्जित लामा र क्रिकेटका नरेन भट्ट, महिला विधातर्फ क्रिकेटकी मनिषा बोहरा, एथलेटिक्सकी देवकीकुमारी धामी र फुटबलकी बिर्सना चौधरीलाई केही दिन अघिनै मनोनयन गरिसकिएको छ ।

लाइफटाइम एचिभमेन्ट र स्पेसल अवार्डतर्फको विधाको मनोनयन् कार्यक्रमकै दिन घोषणा गरिने आयोजकले जनाएको छ । राष्ट्रिय र अन्तर्राट्रिय खेल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी एवं प्रशिक्षकलाई यो अवार्ड प्रदान गर्ने गरिन्छ ।

यही असार १२ गते हुने लागेको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ प्रवर्द्धन सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मुख्य प्रायोजक धनगढीको सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपिए) रहेको छ ।

‘एसपिए सुदूरपश्चिम स्पोट्र्स अवार्ड२०८०’ मा उत्कृष्ट खेलाडी पुरुष तथा महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला तथा पुरुष विधामा अवार्ड प्रदान गर्न लागिएको छ ।

उत्कृष्ट खेलाडी पुरुष तथा महिला विधाका विजेतालाई जनही  ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई जनही  २५ हजार, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई जनही  २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्न लागिएको छ ।

हरेक विधामा मनोनयन गरिएका तीन जनामध्ये उत्कृष्ट छनोट हुने एक जना खेलाडी तथा प्रशिक्षकलाई यो अवार्ड प्रदान गर्न लागिएको खेलकुद पत्रकार मञ्चका कैलाली अध्यक्ष प्रदीप पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *