फ्लोरिडामा भारी वर्षा, नेपाल र श्रीलंकाबीचको खेल अन्योलमा

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आज हुने खेलमा नेपालले टेस्ट राष्ट्र श्रीलंकासँग खेल्दैछ । सेन्ट्रल व्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने खेल नेपाली समय बिहान ५:१५ बजे शुरु हुँदैछ ।

तर आजको खेलमा वर्षा बाधक बन्ने उच्च सम्भावना रहेको छ । खेल हुने मैदानको क्षेत्रमा भारी वर्षा भइरहेको छ । अमेरिकाको नेशनल हरिकेन सेन्टरले वर्षा नरोकिने जनाएको छ । खेल हुने मैदानको पिच ढाकिएपनि आउटफिल्डमा धेरै पानी जमेको छ ।

आइसिसीका अनुसार खेल सुरु हुने समयभन्दा ३ घन्टापछि अन्तिम कटअफ टाइम हुनेछ । त्यस भन्दा अगाडि वर्षा रोकिएमा कम्तिमा ५ ओभरको खेल हुनेछ । तर वर्षा रोकिने सम्भावना निकै न्यून रहेको छ ।

खेल रद्द भएको खण्डमा दुवै टोलीले एक/एक अंक प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *