अनैतिक सम्बन्ध लुकाउन हत्या, दुई पक्राउ

लमजुङ । लमजुङ प्रहरीले हत्या अभियोगमा संलग्न दुई युवकलाई पक्राउ गरेको छ । बुधबार बिहान सुन्दरबजार नगरपालिका– ४ बस्ने धुुब्र भुजेलकी श्रीमती धनमाया भुजेलको हत्या अभियोगमा संलग्न दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
लमजुङका डिएसपी गंगाबहादुर थापाका अनुसार सुन्दरबजार नगरपालिका– ३ बस्ने वर्ष २० का सागर भुजेल र त्यही ठाउँ बस्ने १९ वर्षीय विकास भुजेललाई घटना घटेको ३६ घन्टा नबित्दै पक्राउ गरेको हो ।

प्रहरीले सागरलाई पोखरा र विकासलाई उनकै घरबाटै पक्राउ गरेको हो । प्रहरी चौकी दुराडाँडा र जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापासहितको टोलीले भुजेलको हत्यारालाई पक्रिएको हो । हत्यारा मध्येका मुख्य पात्र सागर भुजेल र मृतकबीच अनैतिक सम्बन्ध भएको र मृतक धनमाया गर्भवती छिन् भन्ने हल्ला गाउँमा सुनेपछि सागर भुजेलले धनमायालाई हत्या गर्ने सोच बनाई हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । हत्यारा पहिचान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुर ल्याएर अनुसन्धान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *