काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुदै छ ।
नयाँ समितिका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी र कांग्रेस निकटका कानून व्यवसायी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।नेकपा निकट कानून व्यवसायीको संगठन नेपाल लयर्स एशोसिएसन (एनएलए) वरिष्ठ अधिवक्ता रविनारायण खनालको नेतृत्वको प्यानल चुनावमा होमिएको छ ।
यसैगरी कांग्रेस निकट कानून व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए)को तर्फबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नेतृत्व चुनावी मैदानमा उत्रिएको छ ।गत जेठमा हुनुपर्ने चुनाव कोरोना भाइरसको महामारीका कारण अहिले हुन लागेको हो । ६०५ मतदाता रहेको सर्वोच्च बारको चुनावको मतदान सर्वोच्च परिसरमा दिउँसो ३ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ।
