नेपाल भर्सेस नेदरल्याण्ड्स: प्लेयर टु वाच

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आज हुने आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ । डाल्लसस्थित ग्राण्ड प्रेरि स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९:१५ बजे शुरु हुनेछ ।

प्लेयर टु वाच

  • दीपेन्द्र सिंह एरी( नेपाल)

दीपेन्द्र सिंह एरी नेपाली टोलीका मुख्य हतियार हुन् । उनलाई ‘थ्री डी’ प्लेयरको रुपमा चिनिन्छ । ब्याटिङ, बलिंङ र फिल्डिङ सबै पक्षमा दीपेन्द्र चुस्त छन् । सन् २०१८ मा लड्समा नेदरल्याण्ड्सविरुद्ध खेल्दै टी-२० आईमा डेब्यु गरेका उनले टी-२० आईमा ६४ खेल खेल्दै ३८.७१ को औसतमा १ हजार ६ सय २६ रन बनाएका छन् । त्यसक्रममा उनले ९ अर्धसतक र एक सतक पूरा गरेका छन् । बलिंङतर्फ उनले ६.१० को इकोनोमीमा ३७ विकेट लिएका छन् । टी-२० आईमा सबैभन्दा छिटो अर्धसतक पूरा गर्ने कीर्तिमान उनको नाममा छ । उनले एसियन गेम्समा मंगोलियाविरुद्ध ९ बलमा अर्धसतक पूरा गरेका थिए ।

योपनि पढ्नुहोस् :-टी-२० विश्वकपमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

                              १० वर्षपछि विश्वकपमा सहभागिता जनाउँदै नेपाल

  • माइकल लेभिट(नेदरल्याण्ड्स)

नेदरल्याण्ड्सका लेभिट आक्रमण ब्याट्सम्यान हुन् । २० वर्षीय लेभिटले ९ खेलमा १५६.५० को स्ट्राइकरेट र ४३.६२ को औसतमा ३ सय ४९ रन बनाएका छन् । त्यसक्रममा उनले २ अर्धसतक र एक सतक पूरा गरेका छन् । गत फेब्रुअरीमा कीर्तिपुरमा नेपालविरुद्धको खेलमा डेब्यु गरेका लेभिट नेपाली बलरको टाउको दुखाइ बन्न सक्छन् ।

  • रोहित पौडेल (नेपाल)

रोहित नेपाली टोलीका कप्तान हुन् । २१ वर्षीय रोहित जारी विश्वकपको सबैभन्दा कान्छा कप्तानपनि हुन् । दायाँ हाते ब्याटिङ अलराउण्डर रोहितले ४९ खेल खेल्दै २९.१५ को औसतमा १ हजार १ सय ८ रन बनाएका छन् । यस्तै उनले पाँच विकेटपनि लिएका छन् । पछिल्लो समय राम्रो लयमा रहेका रोहित यस विश्वकपमा नेपालको महत्त्वपूर्ण खेलाडी हुन् । ब्याटिङ र बलिंङ मात्र नभई मैदानमा उनले लिने निर्णयपनि निर्णायक बन्न सक्छ ।

  • बास डे लेडी (नेदरल्याण्ड्स)

२४ वर्षीय दायाँ हाते अलराउन्डर बास डे लेडी नेदरल्याण्ड्सका एक मुख्य खेलाडी हुन् । उनले ३४ खेलमा ४ अर्धसतक सहित ६ ७७ रन बनाएका छन् । यस्तै उनले ३० विकेटपनि लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *