अमेरिकी विदेशमन्त्री पोम्पेओ क्वारेन्टाइनमा

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टाइनमा बस्न लागेका छन् । कोभिड १९ का संक्रमितसँग सम्पर्क भएपछि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उनी क्वारेन्टाइनमा बस्न लागेका हुन् ।

उनी कोभिड १९ संक्रमितको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा बस्ने विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– विदेशमन्त्री पोम्पेओ कोही कोभिड १९ संक्रमितको सम्पर्कमा आएको थाहा भएकोले उहाँ क्वारेन्टाइनमा बस्नुहुनेछ र ती संक्रमित व्यक्तिको पहिचान उनको गोपनीयताको अधिकारका कारण भनिएको छैन ।

उनको तत्काल गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ तर पनि सिडीसीको मापदण्डअनुसार कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले क्वारेन्टाइनमा बस्नुुपर्ने भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *