नाइजेरियामा विद्यालयबाट तीन सय ३३ विद्यार्थी अपहरण गरेको बोको हरामद्वारा स्वीकार

नाइजेरियाको लागोसमा शुक्रबार राति र आइतबार गरी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी त्यहाँका तीन भन्दाबढी विद्यार्थी अपहरण गरेको आतंककारी समूह बोको हरामले जिम्मेवारी लिएको छ ।

सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी त्यहाँका ३३३ जना बालबालिका हराएका थिए । ती बालबालिकालाई तिनै आक्रमणकारीहरुले अपहरण गरी लगेको अनुमान गरिएको थियो ।

बोको हराम नामक आतंककारी संगठनले बुधबार ती बालबालिका आफूहरुले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको हो । नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा गएको शुक्रबार राति र आइतबार सो हमला भएको हो । त्यस हमलामा परेर ३३३ जना विद्यार्थी अपहरित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *