बेन्जिमाको दुई गोलमा रियल म्याड्रिड विजयी

प्रज्जवल थापा । फ्रान्सेली फर्वाड करिम बेन्जिमाले दुई गोल गरेपछि रियल म्याड्रिड विजयी भएको छ । स्पेनिस लिग ला लिगा अन्तर्गत भएको खेलमा रियल म्याड्रिडले एथ्लेटिक क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

अल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा एथ्लेटिक क्लब शुरुवातमै १० खेलाडीमा सिमित भएको थियो । बिल्बाबोका फर्वार्ड राहु गार्सिया दुई पहेंलो कार्ड सहित रातो कार्ड पाएपछि बिल्बालो बाँकी समय १० खेलाडीमा खेलेको थियो । पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरको पासमा टोनि क्रुसले गोल गर्दै रियललाई शुरुवाती अग्रता दिलाएका थिए ।

५२ औँ मिनेटमा एन्डेर कापाले गोल गर्दै पाहुना टोलीलाई बराबरीमा ल्याए । ७४ औँ मिनेटमा डानियल कार्भाजलको पासमा करिम बेन्जिमाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । यस्तै अतिरिक्त समयको अन्तिम मिनेटमा लुका मोड्रिकको पासमा करिम बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियल म्याड्रिड ३-१ होलको सहत जित दिलाए ।

जितसँगै रियल म्याड्रिड १३ खेलमा २६ अङ्क जोड्दै तेस्रो स्थानमा यथावत छ । पराजित बिल्बाबो १३ खेलमा १४ अङ्क जोड्दै १३ औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *