कोशी प्रादेशिक अस्पतालमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, वायोमेडिकल इन्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेश कुमार श्रेष्ठ, मेडिकल व्यवसायी विशाल पण्डित र मनोजकुमार आचार्यविरुद्ध २ करोड ९८ लाख ६६० हजार ५० रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूले कोशी अस्पताल कोभिड– १९ केन्द्र विराटनगरमा हाई डिपेन्डेन्सी युनिट जडान तथा सञ्चालन गर्न सामग्री खरिदका लागि स्वास्थ्य निर्देशनालय धनकुटाले आह्वान गरेको बोलपत्रमा न्यून कबोल गर्नेलाई छनोट नगरेको, अस्वभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने/गराउने कार्य गरेको पुष्टि हुन आएको अख्तियारको ठहर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *