प्रहरी महानिरीक्षकद्वारा एआइजी पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी  चिन्ह प्रदान गरिएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आायोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पोखरेललाई एआइजी पदको दर्ज्यानी  चिन्ह प्रदान गरेका हुन् । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका एआइजी पोखरेललाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए ।

संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई आगडि बढ्नुपर्ने उनले बताए।
एआइजी पोखरेलले प्रहरी संगठनले विश्वास गरी आफूलाई पदोन्नति गरेको चर्चा गर्दै उक्त विश्वासलाई रतिभर पनि प्रश्न नआउने गरी प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरे । पोखरेललाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डिआइजीबाट एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *