काठमाडौं उपत्यका विकास प्राधिकरणका शाखा अधिकृतविरुद्ध तीन करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत यामकुमार कार्कीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बिहीबार प्राधिकरणका शाखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनी काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौं अन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्धमा कार्यरत थिए। त्यस्तै, अतिरिक्त जिम्मेवारीको रूपमा कागेश्वरी मनोहरा गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाले सञ्चालन गरेको पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोगजना, माकलबारीमा खटिएर काम गर्दै आएका थिए ।

आयोगले उनी सेवामा रहँदा ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । अख्तियारले उनी सेवा प्रवेशको मिति २०५८ साउन १६ गतेदेखि २०७९ चैत ३० गतेसम्मको अनुसन्धान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *