विज्ञापन बोर्डको कार्यालय स्थापना

काठमाडौं । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले गठन गरेको विज्ञापन बोर्डको कार्यालय स्थापना गरिएको छ ।

काठमाडौंको बबरमहलमा स्थापना गरिएको कार्यालयको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उद्घाटन गरेका छन् । कार्यालय स्थापना भएसँगै सहजरुपमा कामकाज सञ्चालन हुने बोर्डले जनाएको छ । सो अवसरमा मन्त्री गुरुङले विज्ञापन सम्बन्धी व्यवस्थालाई व्यवस्थित गर्नका लागि बोर्डले काम गर्ने विश्वास व्यक्त गरे ।

विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्दै नेपालको अर्थतन्त्रसंग जोड्न बोर्डको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । यसअघि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार शुभशङ्कर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको थियो । हालको बोर्ड सदस्यको कार्यकाल चार वर्षको रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *