पत्रकार ददि सापकोटाको ‘जीवन गाथा’ जापानमा विमोचित

टोकियो (जापान) । नेपाली पत्रकारहरुको अन्तर्राष्टिय सञ्जाल (इन्जा)को अन्तर्राष्टिय सम्मेलन २०२४ मा पत्रकार ददि सापकोटाद्वारा लिखित पुस्तक ‘जीवन गाथा’ जापानको राजधानी टोकियोमा विमोचन गरिएको छ ।

जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, इन्जाका केन्द्रीय अध्यक्ष गुणराज लुइँटेल, जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ्ग,  इन्जा एशिया शाखाका अध्यक्ष टंक पन्त र लेखन कुञ्जका अध्यक्ष कमल ढकालले संयुक्तरुपमा विमोचन गरेका हुन् ।

जीवजन्तुका आनी बानी र उनीहरुको दैनिकीसम्बन्धि विषयको गहिरो अध्ययन गरी पत्रकार सापकोटाले उक्त पुस्तक तयार पारेका हुन् । पुस्तकको बारेमा प्रकाश पार्दै इन्जाका ग्लोबल सचिव दीपक रिजालले पुस्तकभित्र रहेका विषयबस्तु र जनावरको आनीबानीका बारेमा प्रकाश पारेका थिए । सापकोटाको यो पाँचौ कृति हो । सो पुस्तक यसअघि नेपालमा विमोचन गरिएको थियो ।

दुःखेकोे यूरोपबाहेक उनका सबै पुस्तक वन्यजन्तु र प्रकृतिसंरक्षसँग सम्बन्धित छन् । उनी पछिल्लो तीन दशकदेखि पत्रकारितामा सक्रिय रहदै आएका छन् ।

तीन दिवसीय अधिवेशनका लागि इन्जामा आवद्ध विश्वभरिका पत्रकारहरु तीन दिनअघि टोकियो पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *