इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौँ । मेनुका पौडेल  ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।  भारतीय टेलिभिजन रियालिटी शो  ‘इण्डियन आइडल’ को आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।

सामाजिक सञ्जालबाट मेनुकाले आफु आइडलबाट बाहिरिएको जानकारी दिएकी हुन् । उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । इन्डियन आइडलमा रहँदा उनले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन् ।

यसअघि उनी नेपाल आइडलमापनि प्रतिस्पर्धा गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *