बीबीसी । उडान गरिरहेको समयमा अलास्का एयरलाइन्सको एउटा झ्याल खसेपछि संयुक्त राज्य अमेरिकाको वायु सेवा नियामक निकायले बोइङ ७३७ म्याक्स ९ जेट विमानहरूको उडान तत्कालका लागि रोक्न आदेश दिएका छन् ।
सङ्घीय उड्डयन निकाय एफएएले पछिल्लो सुपरिवेक्षणले उक्त मोडेलका १७१ वटा विमानलाई असर पर्ने बताएको छ । शुक्रबार ओरेगन राज्यबाट उडेको अलास्का एयरलाइन्सको विमानलाई आपतकालीन अवतरण गराइएको छ ।
युनाइटेड एयरलाइन्सले एफएएले गर्न भनेको निरीक्षण अफ्ना केही ७९ बोइङ ७३७ म्याक्स ९ प्लेनमा सम्पन्न भएको बताएको छ । केही विमानहरूलाई ‘उडान गर्न नदिनु’ भन्ने आदेशले करिब ६० वटा उडान रद्द हुनसक्ने वायुसेवाले जनाएको छ ।
यसअघि अमेरिकी उड्डयन निकाय एफएएले आफूले अमेरिकी वायुसेवाको स्वामित्वमा रहेका वा अमेरिकी भू–भागमा रहेका निश्चित प्रकारका बोइङ ७३७ म्याक्स ९ वायुसेवाको उडानलाई अस्थायी रूपमा रोक लगाउने जनाएको थियो ।
शुक्रबारको घटना पोर्टलेन्ड, ओरेगनबाट ओन्टारियो क्यार्लिफोर्नियातर्फ गइरहेको विमान १६ हजार फिट उचाइमा पुग्दा भएको थियो । त्यसपछि उक्त विमानले आपतकालीन रूपमा अवतरण थालेको फ्लाइट ट्रयाकिङ डेटाले देखाउँछ । एक सय ७७ यात्रु र चालकदलका सदस्य रहेको विमानले पोर्टलेन्डमा सुरक्षित अवतरण गरेको थियो ।