‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौँ । राइड सेयरिङ कम्पनी ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । कम्पनी बेचेर आएको रकम आफ्ना साझेदारहरूलाई नदिएको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो ।

प्रहरीले सोही आरोपको आधारमा बिहीबार राति भट्टलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले भट्टलाई पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

प्रहरीमा परेको उजुरीमा भट्टले टुटल एक करोड रुपैयाँमा बिक्री गरेको तर उक्त रकम साझेदारहरूलाई नदिएको पाइएको छ। पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौँ प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *