१० करोड रुपैयाँ ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

काठमाडौं । युवाहरुलाई विदेश पठाइदिने भन्दै १० करोड रुपैयाँ ठगी गरेको आरोपमा एकजना म्यानपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाराजगञ्जको सि स्टार टेलरिङ सेन्टरका सञ्चालक ४७ वर्षीय लालबहादुर लामा छन् ।

लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । उनले बेरोजगार युवाहरुलाई वैदेशिक रोजगारीमा लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकमा पठाउने भन्दै १० करोड रुपैयाँभन्दा बढी उठाएर ठगी गरेको प्रहरीले जनाएको छ।

उनले प्रतिव्यक्ति पाँच लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म लिएर ठगी गरेको पाइएको छ । उनको म्यानपावरबाट ९९७ थान राहदानीसमेत बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *