काठमाडौँ । सरकारले २०६२६३, जनयुद्ध तथा मधेश आन्दोलनका क्रममा गोली तथा बमको छर्रा लागेका पहिचान नभएका ब्यक्तिहरु पहिचानका लागि सार्वजनिक सूचना प्रकाशन गर्दै त्यस्ता ब्यक्तिहरुको सरकारी अस्पतालमा निःशूल्क उपचार गराउने निर्णय गरेको छ ।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा आगामी डिसेम्बर ४ मा कोरोना संक्रमणबारे संयुक्त राष्टसंघको विशेष अधिवेशनमा सहभागी हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने निर्णय समेत भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।
