काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले एनसेलमा रहेको आजियाटा ग्रुपको सेयर खरिद बिक्रीका विषयमा चासो राखेको छ । समितिले आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै यस विषयमा ९ वटा जिज्ञासा राखेको हो ।
जिज्ञासाको जानकारी यथाशीघ्र उपलब्ध गराउन पनि समितिले निर्देशन जारी गरेको छ । समितिले आजियाटा कम्पनीले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइटलाई बिक्री गरेको विषयको आधिकारिता खोजेको छ।