बालकृष्ण खाँणलाई रिहा गर्ने विषयमा न्यायाधीशको मत बाझियो, तत्काल रिहा नहुने

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण छाड्ने विषयमा दुई जना न्यायाधीशको राय बाझिएको छ । न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा रिहा गर्न सकिने राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले तेस्रो इजलासपमा पठाउनुपर्ने राय दिएकाले उनी धरौटीमा रिहा हुन सकेनन् ।

दुई न्यायाधीशको राय बाझिएकाले अर्का न्यायाधीशको इजलासले दुईमध्ये जसको रायलाई सदर गर्नेछन् त्यही नै बालकृष्ण खाँणको हकमा लागु हुने पाटन उच्च अदालतका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *