सन्दिप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

 

काठमाडौ।नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

बुधबारबाट आफुमा कोरोना संक्रमणको लक्षण देखिएको बताउँदै सन्दीपले कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *