काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई सैनिक विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सैनिक विशेष अदालतको अध्यक्ष न्यायपरिषदको सिफारिसमा सरकारले तोक्ने व्यवस्था छ ।