जीवित श्रीमानको मृत्यु दर्ता गरी भत्ता लिने महिलाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल महिला भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले शुक्रबार रामेछापको मन्थली नगरपालिका– ३ का तत्कालीन वडासचिव शिवकुमार महतो र निर्मला खत्रीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

खत्रीले आफ्ना जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल भत्ता लिएको आरोप लागेको छ। वडा सचिवले भने भत्ता लिनको लागि एकल महिला परिचयपत्र बनाउन लिखत बनाइदिएका थिए । महतोले जीवित व्यक्तिको मृत्यु भएको भनी मृत्यु दर्ता अभिलेख चढाएको र खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्रको गलत लिखत तयार गरेको आरोप छ ।

अख्तियारले विशेष अदालतमा दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। एकल महिला भत्तावापत खत्रीले ४५ हजार दुई सय २० रुपैयाँ लिएको पाइएको छ। अख्तियारले उक्त रकम असुल गरी सजायको मागदाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *