पोखरा । प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता-२०८० मा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । बिहीबार दिउँसो भएको उद्धाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको रातो टिमलाई १ सय ९ रनले पराजित गर्दै बागमतीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याउएको आयोजक रातो १४.२ ओभरमा अलआउट हुँदै ७५ रनमा समेटिएको हो ।
यसअघि मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजना तथा एकेडेमी कास्की शाखाको व्यवस्थापनमा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार गरेको थियो ।
प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी तीन विभागीय, सात प्रदेश र एकेडेमीका दुई गरी १२ टोली सहभागी छन् ।