भूकम्पपीडित राहत काेषमा सवा १५ करोड संकलन

काठमाडौं । सरकारले भूकम्प पीडितका लागि स्थापना गरेको प्रधानमन्त्री दैवी सहायता कोषमा १५ करोड २८ लाख रूपैयाँ संकलन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गत कात्तिक १९ गते विभिन्न निकाय तथा व्यक्तिलाई नौ वटा वाणिज्य बैंकको खाता नम्बरसहित प्रधानमन्त्री प्रकोप सहायता कोषमा राहत जम्मा गर्नका लागि आह्वान गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार कात्तिक १९ गतेदेखि मंसिर १ गतेसम्मको अवधिमा बैंक खातामार्फत कोषमा १५ करोड २८ लाख २९ हजार तीन सय पाँच रूपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले ५८ वटा संस्था तथा व्यक्तिले १५ करोड २८ लाख रूपैयाँ कोषमा जम्मा गरेको बताए।

बुद्ध एयरले एक करोड रूपैयाँ सहयोग गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले पनि सरकारी कोषमा एक करोड रूपैयाँ सहयोग गरेको छ। त्यसैगरी सूर्या नेपाल प्रालिले पनि एक करोड रूपैयाँ सहयोग गरेको छ।

त्यसैगरी ग्लोबल आइएमई बैंकले पनि एक करोड रूपैयाँ सरकारी कोषमा जम्मा गरेको छ। नेपाल नागरिक उडड्यन प्राधिकरण र गोर्खा ब्रुअरीले पनि एकएक करोड रूपैयाँ सरकारी कोषमा जम्मा गरेको छ।

नेपाल रिइन्सुरेन्स कम्पनीले २५ लाख रूपैयाँ सरकारी कोषमा जम्मा गरेको छ। भान्ची इन्टरनेसनल प्रालि पाँच लाख, आइजिआई प्रुडेन्सिएल इन्सुरेन्स लिमिटेड १२ लाख ५० हजार सरकारी कोषमा नगदै जम्मा गरेको छ।

त्यसैगरी आइएमई होल्डिङ प्रालिले ६ लाख ५० हजार, आइएमई लिमिटेडले दश लाख रूपैयाँ सहयोग गरेको छ।

एभरेष्ट बैंकले २५ लाख रूपैयाँ, नेपलिज युथ आन्टरप्रेनर्स फोरमले दुई लाख रूपैयाँ सहयोग गरेको छ। प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन पाँच लाख सहयोग गरेको छ। कैलाश हेलिकप्टर सर्भिस लिमिटेडले १० लाख रूपैयाँ सहयोग गरेको छ।

मेहोजोङ इन्टरटेनमेन्ट प्रालिले पाँच लाख, इम्पेरियल इन्टरटेनमेन्ट प्रालिले पाँच लाख, एट्लान्टिक रिक्रिएसन प्रालिले पाँच लाख रूपैयाँ सहयोग गरेका छन्।

त्यसैगरी नेपाल नागरिक उडड्यन प्राधिकरणले एक करोड रूपैयाँ सहयोग गरेका छन्। बेल्स नेपाल प्रालीले पनि पाँच लाख रूपैयाँ सहयोग गरेका छन्।

नेपाल एसबिआई बैंक लिमिटेडले पाँच लाख रूपैयाँ सहयोग गरेको छ। एयर डाइनेष्टीले ११ लाख ११ हजार एक सय ११ रूपैयाँ सहयोग गरेको छ। भेगास रिक्रिएसन नेपाल प्राइभेटले पाँच लाख रूपैयाँ सहयोग गरेको छ।

त्यसैगरी लुम्बिनी विकास कोषले २५ लाख रूपैयाँ जम्मा गरेको छ । त्यसैगरी पिएडिटी मन्दिर सेवा कोटले २१ लाख २१ हजार दुई सय २१ रूपैयाँ सहयोग गरेको छ। सबल सहकारी संस्था लिमिटेडले एक लाख ३९ हजार ६ सय ११ रूपैयाँ सहयोग गरेको छ। महालक्ष्मी विकास बैंकले १० लाख रूपैयाँ सहयोग गरेको छ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी एकीकृत (समाजवादी)ले २५ लाख रूपैयाँ कोषमा बुझाएका छन्। त्यसैगरी नेपाली कांग्रेस धादिङले एक लाख ५१ हजार रूपैयाँ उपलब्ध गराएका छन्।

त्यसैगरी तारागाउँ रिजेन्सी होटल लिमिटेडले पाँच लाख, भोजपुर नगरपालिकाले दुई लाख ६८ हजार एक सय ६८ रूपैयाँ सहयोग गरेको छ। अल्टिच्युड एयर प्रालिले पाँच लाख रूपैयाँ कोषमा जम्मा गरेको छ।

त्यसैगरी निजामती कर्मचारी ट्रेड युनियन बर्दियाले एक लाख चार हजार रूपैयाँ सरकारी कोषमा जम्मा गरेका छन्। त्यसैगरी यति बु्रअरीले २५ लाख रूपैयाँ सहयोग गरेको छ।

त्यसैगरी कृषि विकास बैंकले ५० लाख रूपैयाँ सरकारी कोषमा जम्मा गरेको छ। सुमन अधिकारीले दुई लाख ५४ हजार ५४ रूपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० लाख रूपैयाँ सहयोग गरेको छ।

त्यसैगरी निफ्राले पनि २५ लाख रूपैयाँ सहयोग गरेको छ। अन्यबाट दुई करोड ९० लाख ७६ हजार आठ सय ६९ रूपैयाँ संकलन भएको छ। मुक्तिनाथ दर्शन प्रालिले पाँच लाख रूपैयाँ सरकारी कोषमा जम्मा गरेको छ। त्यसैगरी चैतन्य एकेडेमीले एक लाख रूपैयाँ, मनिष रेग्मीले एक लाख १० हजार रूपैयाँ उपलब्ध गराएका छन्।

फिस्टेल हस्पिटल एण्ड आरसी प्रालीले दुई लाख २२ हजार दुई सय २२ रूपैयाँ दिएका छन्। सिद्धार्थ आवासीय माविले एक लाख रूपैयाँ जम्मा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *