युरोकप छनोटमा पोर्चुगलको लगातार नवौं जित

एजेन्सी । युईएफए युरोकप छनोटमा पोर्चुगलले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ । बिहीबार राति भएको खेलमा लिचेस्टाइनलाई २-० गोलले हराउँदै पोर्चुगलले छनोटमा लगातार नवौं जित निकालेको हो ।

रहिनपार्क स्टाडियोनमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जोए कान्सेलोले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७ औं मिनेटमा जोटाको पासमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए ।

५७ औं मिनेटमा सिल्भाको पासमा कान्सेलोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पोर्चुगल २-० गोलले विजयी भएको हो ।

जितसँगै पोर्चुगल ९ खेलबाट २७ अंक जोड्दै समूह ‘जे’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट अंकविहिन लिचेस्टाइन छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *