श्री शाके १९४५ बि स २०८० कार्तिक २८ गते मंगलबार इश्वी सन २०२३ नोभेम्बर १४ तारिख कार्तिक शुक्लपक्ष प्रतिपदा तिथी अनुराधा नक्षत्र शोभन योग वव करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा ध्वज योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋृतु म्हः पूजा गोवद्र्धन पूजा विश्व मधुमेह दिवस नेपाल सम्वत् ११४४ शुरु वलिपूजा हलितिहार गोरुपूजा (ज्यो.पं सरोज घिमिरे)
मेष राशि- चु, चे,चो, ला, लि, लु, ले, लो, अ
वाणीका कारण आफन्तजनहरुसगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर व्यक्त्तिको विश्वासमा गरिएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भावना रहेको छ । खानपानमा विशेष सावधानी अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परिश्रम गर्नुपर्ने सम्भावना रहेको छ ।
वृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जीवनसाथिको सहयोगमा गरिएका कार्यबाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । व्यापार व्यवसायमा भने सामान्य ढिलाईको सम्भावना रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँ काम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ ।
मिथुन राशि- का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धीहरु वृद्धि हुनाले कार्य सम्पादनमा विशेष ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भावना रहेको छ । आकस्मिक खर्चको सामना गर्नु पर्नेछ । आय आर्जनका लागि भने समय उत्तम रहेको छ ।
कर्कट राशि- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरुको कार्य लापरबाहीको प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साझेदारी व्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर व्यक्त्तिको पुर्ण विश्वास् नर्गनु राम्रो हुनेछ । कुराकाट्ने व्यक्त्तिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।
सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारिवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत सावित हुनेछन । पति पत्निबीचको सम्बन्धमा सामान्य खटपट रहने सम्भावना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा वृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु होला ।
कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मित्रजन तथा दाजुभाईबीचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परिश्रम गर्नु पर्ने सम्भावना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा विभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।
तुला राशि- र, रि, रु, रे, रो, ता, ति, तु, ते
कुलकुटुम्बहरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । वौद्धिक व्यक्त्तित्वसगँको भेटघाटमा समय व्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबी देखा पर्नेछ । मित्र जनको साथ सहयोगमा कमी रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।
वृश्चिक राशि- तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । व्यापार व्यवसायको साझेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा वृयोग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेको छ ।
धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मानसिक चन्चलताका कारण मित्रजनसगँको सम्बन्धमा फाटो आईपर्नेछ । जीवनसाथीको सहयोमा गरिएका व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साझेदारी कार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परिणत हुनेछन ।
मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतिस्पर्धीहरुको वृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागि समयले साथ दिएको छ तथापि साझेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहनेछ ।
कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रमको सम्भावना रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा वृद्धिको योग रहेको छ ।
मिन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ति हुन सक्नेछ । मान्यजनको सहयोगद्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारिवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।