संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्ट्याइएको रकम भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा खर्च गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्ट्याइएको रकम भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि कोषमा छुट्याइएको ८ अर्ब २५ करोड रुपैयाँ हाललाई भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको हो ।

त्यसका लागि सो रकमलाई विपद् व्यवस्थापन कोषमा सार्ने र थप १ अर्ब ७५ करोडसमेत सो कोषमा थप गरी जम्मा १० अर्ब विपद् व्यवस्थापन लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय बैठकले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *