हेटौंडा । हेटौंडामा जारी अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभास्थलमा विवाद भएको छ । अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने एकमात्र एजेण्डा रहेको विशेष साधारणसभामा प्रस्तावक तथा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा बोल्न नपाएको भन्दै बाहिरिएका छन् ।
हलबाट बाहिरिँदै उनले नेम्वाङ पक्षले पेल्न खोजेको आरोप लगाए । अहिले हलमा व्यापक प्रहरी परिचालन गरिएको छ । गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।
