एट्लेटिको म्याड्रिडको फराकिलो जित, पीएसजी पराजित

एजेन्सी । युईएफए  च्याम्पियन्स लिगमा एट्लेटिको म्याड्रिडले फराकिलो जित निक्लदा पेरिस सेन्ट जर्मन(पीएसजी) पराजित भएको छ । मंगलबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडले सेल्टिकलाई ६-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन एन्टोनी ग्रिजमन र अल्भारो मोराटोले समान दुई-दुई गोल गर्दा सामुएल डियास लिनो र साउल निगुएजले समान एक-एक गोल थपे ।

जीतसँगै म्याड्रिड ४ खेलबाट ८ अंक जोड्दै समूह ‘इ’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट एक अंक जोडेको सेल्टिक चौथो स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा एसी मिलानले पीएसजीलाई २-१ गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा मिलानलाई जीत दिलाउन राफायल लियो र ओलिभिएर जिरुडले समान एक-एक गोल गरे । पीएसजीको लागि मिलन स्क्रिनिएरले एक गोल गरे ।

जीतसँगै मिलान ४ खेलबाट ५ अंक जोड्दै समूह ‘जी’को तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ६ अंक जोडेको पीएसजी दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *