काठमाडौं । हङकङमा हुने महिला टी २० सिरिजका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ । मंगलबार नेपाल क्रिकेट संघ –क्यान)ले नोभेम्बर १५ देखि १९ (कार्तिक २९–मंसिर ३) सम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको हो । प्रतियोगितामा नेपालसहित युएई, मलेसिया र घरेलु टोली हङकङले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतयोगिताका लागि रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, संगिता राई, ज्योति पाण्डे, पुजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, अश्मिना कर्माचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनिषा चौधरी र कविता जोशीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

