पोखरा । कास्कीको मादी गाउँपालिकाको मकैखोलामा पुल निर्माण हुने भएको छ । पुलको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका छन् । यो पुल थुम्सीकोट—भाचोक—कमादी सडकमा पर्छ । जसको निर्माण द्रुत गतिमा हुँदैछ ।
आरसिसी टी बिम प्रविधिमा बन्ने पुलको लागत २ करोड ३२ लाख ६९ हजार रुपैयाँ रहेको छ । पुलको लम्बाइ २५ दशमलव ६५ मिटर हुनेछ । गजेन्द्र निर्माण सेवाले ठेक्का लिएको पुल २०७८ साल साउन २१ गते निर्माण पूरा गर्ने सम्झौता छ ।

