एकलाख २५ हजार घुससहित नापी सर्वेक्षक र विचौलिया पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको भद्रपुरस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई घुस रकमसहित पक्राउ गरेको छ ।

जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग ७० हजार र ५५ हजारको चेक गरी कुल १ लाख २५ हजार रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार दुवै जनालाई घुस लिइसकेको अवस्थामा झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७, चन्द्रगढीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *