राजेन्द्र थापा ।
इजरायल र प्यालेस्टाइनको इतिहास नबुझिकन नेपाल मा बोलिरहेको देखिन्छ ।
छोटोमा केही तथ्य ।
१) प्यालेस्टाइन माने मुसलमान अरब होइन । प्यालेस्टाइन माने पवित्र भूमि । (पाक पवित्र स्थान जुन जिन्नाले प्यालेस्टाइनबाट नक्कल गरेको )
तीन चार हजार वर्ष पहिलेदेखि बसिरहेको यहुदीको प्यालेस्टाइन । त्यसैले १९७४ मा इजरायल बनेपछि इजरायल सरकारको अखबारको नाम प्यालेस्टाइन पोष्ट थियो । जसको नाम दशकपछि बदलेर जेरुसेलम पोस्ट भयो ।
२) त्यस्तै २००० वर्ष पहिले यही यहुदी वस्तीमा यहुदी क्राइस्टको नामबाट क्रिस्चियन जन्मे र यो भयो क्रिस्चियनको पनि प्यालेस्टाइन क्रिस्चियनको पवित्र भूमि । त्यही भूमि १५ सय वर्ष पहिले मध्यपूर्वमा जन्मेको इस्लामको पनि एक धर्मगुरुको कारण इस्लामिक प्यालेस्टाइन बन्न पुग्यो । तसर्थ नयाँ इजरायल बन्दाको पेपर, संविधान र युएनको दस्तावेज मा पनि jews community of the palestine & islam community of the palestine उल्लेख छ । भ्रम मुक्त होस् । यो जमिन यहुदी र मुस्लिम दुबैको भएपनि यहुदीको हजारौं साल पुरानो हो । अरबहरु धेरैपछिका हुन् ।
३) २४०० वर्ष पहिलेदेखि नै सभ्य ह्वाइट ज्युजमाथि जङ्गली अरबको दवाव सङ्गै पलायन शुरु भयो बिस्तारै ।
४) ज्युजबाटै क्रिस्चियनको जन्मसङ्गै त ज्युज धर्ममाथि आपसी भित्रैबाट घृणा क्रमशः शुरु भएपछि क्रिस्चियनको धर्म नलिनेहरु ले प्यालेस्टाइन छाड्न थाले पछि turkish turkmanian islamic automan empire ले पेलिस्टाइन कब्जा गरेपछि ज्युज र क्रिस्चियनको बहुसंख्यक पलायन भयो । थोरै ज्युज मात्र रहे । यसबेला पुरै मुस्लिमको आगमन र मुस्लिमकरण ब्यापक भयो अन्त जहाँ पनि मुस्लिमले गरेजस्तो ।
५) क्रिस्चियनको पनि पवित्र भूमि भएकोले तुरकमानियन अटोमन अम्पायर ध्वस्त पारेर मध्यपूर्वमा बेलायतको शासन बन्यो । पछि राज्य नभएको अरबमा स्थानीय कविलाई सरदारहरुलाई राजा बनाउँदै ब्रिटिसले राज्यको स्थापना गरे । ब्रिटिस क्याप्टेन लरेन्सले नै सरदारलाई साउदी राजा र साउदी देश लगायत हालका अरब राज्य र बहुसंख्यक राज्य र emirites का राजा बनाएका हुन् ।
६) ब्रिटिसले छाड्दा प्यालेस्टाइनको पश्चिममा ज्युजको इजरायल र पूर्वी भागमा मुसलमानको प्यालेस्टाइन राज्य बनाए । जोर्डन, सिरिया र इजिप्टलाई स्वतन्त्र राज्य बनाएर उसैका राजाहरुलाई स्थापित गराए । अरु सीमामा सहमति भए पनि जेरुसेलममा मुस्लिमको पनि दाबी भएकोले पहिलो राष्ट्रपति डेभिड गुरियनले जेरुसेलम सिटिमा भने वेस्ट भाग इजरायल र इस्टमा प्यालेस्टाइनलाई दिने र धार्मिकस्थलमा दुबैको आवतजावत खुलामा साइन गरेको कारण इजरायल को छातीमा आजसम्म उताको मुस्लिमको खुला छुटका कारण आप्रवासी द्वन्द्व आजसम्म कायम/इजरायल र प्यालेस्टाइन बन्नासाथ ज्युजलाई समुद्रमा पठाउने लक्ष लिई एक्कैचोटी लेवनान जोर्डन सिरिया इजिप्ट र प्यालेस्टाइनबाट पुरै अरब मुस्लिमको सहयोगमा हमला गरे तर उल्टा इजरायलले सबैलाई भगाएर पेलिस्टाइन कब्जा गरेर इजरायलले बनायो । जितेर हो ।
७) त्यसपछि अर्को अरब आक्रमण । नतिजा न थप भूमि र अन्त्यमा अरबकै सबैभन्दा ठूलो सैनिक सशंकति इजिप्टको नेतृत्वमा अन्तिम विशाल आक्रमण भयो यहुदीको यम कुपर चहाड समय । जसरी यसपटक पनि प्यालेस्टाइनले ज्युजको ब्रत जस्तै शुक्रबार साँझदेखि र शनिबार साँझसम्मको समयबीच आक्रमण गरेर झुक्याएको/दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो फौजको सबैभन्दा ठूलो परिचालनमा छुट्टी मनाइ जाँड खाएर मस्त इजरायलहरु हार्ने स्थितिमा पुगे पनि सैनिक कमान्डरको चातुर्यले गर्दा अचानक इजिप्टका लाखौं फौजहरु उल्टा इजरायल फौजको घेरामा मर्ने स्थितिमा पुगेकोले लाखलाई जिवित निकाल्न इजिप्टले युद्धबिराम गरेर आफ्नो साइनाइसम्मको भूमि इजरायली बनायो । सिरियाको गोलनहाइट पनि इजरायली भयो । प्यालेस्टाइन पनि । अर्थात् सबै भूभाग मुस्लिमहरुले आक्रमण गरेपछि इजरायलले प्रतिकार गरेर जितेकोले जमिन कसको प्यलेस्टाइनको कि इजरायलको ।
८) पछि अमेरिकनको पहलतामा क्याम्प डेभिडमा भएको सम्झौतामा इजिप्टलाई जितेको सबै फिर्ता गरेको /अमेरिकीले नै यासेर अराफातलाई प्यालेस्टाइन जमिन फिर्ता गरेर राज्य खडा गरेको । यासेर मरेपछिका नेताले फेरि आक्रमण गर्ने र इजरायलले कब्जा गर्ने । सारांशमा यसपटक अर्थात ५० वर्षपछिको पहिलो हमलाले प्यलेस्टाइनको जमिन फेरि इजरायलको हुनेछ । अरबहरुले अब बुझ्नुपर्छ प्यालेस्टाइनमा हजारौं वर्षको पुरानो ज्युजको बास भएको र ४७ मा बनेको इजरायल हट्दैन । तसर्थ मिलेर बस्नुको विकल्प छैन । किन हमासले हमला गरेको त ? जवाफ सोच्नुस् । केही दिनपछि म भन्नेछु । यसबारे भारतीय मिडिया तथा नेपाली सन्जालमा पनि व्यापक कारणहरु बोलिए पनि यो हमासको राजनीतिक कदम तर रणनीतिक हार भइसकेपछि राजनीतिक लाभले गर्ने के ? इजरायली मोसाद र सेनाको इन्टेलिजेन्स तथा अभेद्य iron dome AIR DEFENCE SYSTEM को कसरी हार भयो ? हुन त यस कमजोरी हटाएर इजरायल झन पाँच गुणा बलियो बन्नेछ । सेना चाहिँदैन भनि सेना घटाउँदै लगेका नेहरुले ६२ को लज्जास्पद हारपछि सेना चाहिने पाठ सिकेको स्मरण हुनुपर्छ ।
लेखक नेपाली सेनाका पूर्वरथी हुन् ।
