काठमाडौंको तिलगंगामा एक व्यक्तिमाथि छुरा प्रहार, घटनास्थलबाट पेस्तोल बरामद

काठमाडौं । काठमाडौंको तिलगंगामा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । डाइग्नोस्टिक सेन्टरका सञ्चालक साविर हुसेनमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट घाइते भएका हुसेनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनास्थलबाट एक थान पेस्तोल र गोलीको खोका समेत बरामद गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *