दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् असोज १४ गते साेमबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० असोज १५ गते सोमबार इश्वी सन् २०२३ अक्टोबर २ तारीख आश्विन कृष्णपक्ष पितृपक्ष तृतीया तिथि पश्चात् चतुर्थी तिथि भरणी नक्षत्र हर्षण योग बणीज करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा चर योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋृतु चौथीश्राद्ध इन्द्रध्वजपातन (नानीचाया गातिला ) ( ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु,चे, चो, ला, लि, लु, ले, लो, अ
दाम्पत्य सम्बन्धमा सुधारकाे अवस्था रहनेछ । प्रतिस्पर्धाजन्य कार्यमा समय उत्तम रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेको छ । नयाँ कार्य थालनीको योग रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ । व्यापार व्यवसायमा समय उत्तम रहने छ । अधुरा कार्यहरु सुचारु गर्न समयले विशेष साथ दिनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सामान्य आर्थिक अभाबको सामना गर्नुपर्ने दिन रहेको छ । खराब संगतका कारण सामान्य अप्जस सहनुपर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनुहोला । मनोरञ्जनमूलक सरसामानको खरिदमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक झमेलामा फस्न सकिने सम्भाबना रहेको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनहरूको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । प्रतिस्पर्धामा अब्बल रहिने छ । आयमूलक कार्यको थालनी हुनेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । अध्ययन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ ।

कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मान्यजनको साथ सहयोगमा कमी महसुस गरिने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनुपर्ला । पारिवारको साथ सहयोगद्वारा आम्दानीका क्षेत्रमा मार्गदर्शन मिल्नेछ । परिश्रमको उचित मुल्याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजुभाइ तथा इष्टमित्रबीचकाे सम्बन्धमा सुधार रहने छ । आफन्तजनसँग भेटघाट हुनसक्ने सम्भाबना रहेको छ । पराक्रममा बृद्धि हुनेछ । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहने छ ।

कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्नेछ । वाणीका कारण सामान्य वादविवाद आइपर्न सक्नेछ । नजिकका साथी भाइहरुसँग सामान्य मनमुटाब हुन सक्ने छ । शारीरिक अस्वस्थताको सामना गर्नुपर्ला । गरिरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेको छ ।

तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान्यजनको साथ सहयोगको कमी महसुस गरिने छ । भौतिक स्राेत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रेम सम्बन्धमा सुधार आउने छ । साथै, जीवन साथीको सहयोगमा कार्य सम्पादनमा मद्दत मिल्ने छ । व्यापार व्यवसायमा साझेदारी नगरे कै बेश हुनेछ । शारीरिक आलस्यताले सताउने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाइदा रहला । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्ने छ । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । घर परिवारबाट टाढा भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघि नबढ्नु होला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिसँगकाे भेटघाटमा मन प्रशन्न रहने छ । पारिवारीक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । सामान्य संघर्ष पश्चात् मनग्य आम्दानीका स्राेतहरु फेला पर्नेछन् । विद्यार्थी वर्गका लागि दिन उत्तम रहने छ । रचनात्मक कार्यको क्षेत्रबाट आफूलाई अब्बल तुल्याउन सकिने समय रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय व्यतित हुन सक्छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरिएको कार्यको उत्तम प्रतिफल प्राप्त हुनाले मन हर्षित रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमि आउने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटिलो साबित हुन सक्ने छ ।

मिन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोट पटकको सिकार भइन सक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । विद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थिर क्षेत्रमा गरिएको लगानीको उत्तम प्रतिफल प्राप्त रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *