भैरहवामा पुनः उडान थाल्दै जजिरा

काठमाडौँ । व्यावसायिक कारण देखाउदै गत जेठबाट उडान रोकेको कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान गर्ने भएको छ ।

गत वर्ष जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएकै दिनदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएको जजिराले कात्तिक १५ गतेदेखि उडान गर्न तयारी गरेको छ ।

प्रतिकूल मौसमसहित आन्तरिक कारण देखाउँदै गत पुस ६ देखि फागुन २४ गतेसम्म उडान रोकर पुनः फागुन २५ देखि हप्ताको तीन उडान थालेको जजिरा एयरवेजल वैशाख ६ देखि उडान रोकेको थियाे ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार जजिराल हिउँद उडान तालिका अनुसार नोभेम्बर पहिलो तारिख (कात्तिक १५) देखि उडान गर्न चाहेको बताए । उनले भने, “आन्तरिक कारण देखाउँदै हाललाई उडान बन्द गरको जजिराल पहिलेकै उडान तालिका अनुसार पुनः उडान गर्न नागरिक उड्डयन प्राधिकरणमा स्वीकृतका लागि पत्र पठाएको सुन्नमा आएको आएका छ स्वीकृतिका प्रक्रिया पूरा भएपछि पुनः उडान गर्ने अपेक्षा छ।”

यस अघि जजिराल प्रत्येक हप्ता सोमवार, बुधवार र शुक्रवार कुवेत भैरहवा उडान गर्दै आएको थियो । जजिरालाई हवाई रुटको समस्या नरहेको बताउँदै महाप्रबन्धक पाण्डेले कुवेत-काठमाडौँ-कुवेत हवाई रुटभन्दा कुवत- भैरहवा-कुवेत हवाई रुट झन्डै दुई घण्टा छोटा रहेकासमेत बताएकाे समाचार गाेरखापत्रमा छापिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *