काठमाडौं । काठमाडौंमा आजबाट शुरु भएको साफ यु-१९ च्याम्पियनसिपमा भारतले विजयी शुरुवात गरेको छ । बिहीबार दिउँसो भएको उद्धाटन खेलमा बंगलादेशलाई ३-० गोलले पराजीत गर्दै भारतले प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई जीत दिलाउन गुग्मसार गोयरी, नओबा मेइतेई र र अर्जुन ओइनामले समान १/१ गोल गरे । जीतसँगै समूह ‘बी’मा रहेको भारतले तीन अंक जोडेको छ ।
आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र पाकिस्तान भिड्दैछन् । दशरथ रंगशालामा हुने खेल साढे ५ बजे शुरु हुनेछ ।
