बेल्लिन्घामको गोलमा म्याड्रिड विजयी

एजेन्सी । युवा मिडफिल्डर जुडे बेल्लिन्घामले अन्तिम समयमा गोल गरेपछि स्पेनिस क्लब रियल म्याड्रिडले युईएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ । बुधबार राति भएको खेलमा म्याड्रिडले जर्मन क्लब युनियन बर्लिनलाई १-० गोलले हराएको हो ।

घरेलु मैदान इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन बेल्लिन्घामले गरेको गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा बेल्लिन्घामले गोल गर्दै म्याड्रिडलाई जीत दिलाएका हुन् ।

जीतसँगै म्याड्रिडले तीन अंक जोडेको छ । यस्तै गएरातिनै भएको समूह ‘सी’को अर्को खेलमा नापोलीले ब्रागालाई २-१ गोलले हराउँदै तीन अंक बटुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *