हेटौँडामा ९ क्वीन्टल गाँजासहित दुईजना पक्राउ

मकवानपुर । सशस्त्र प्रहरी बल १४ नम्बर गढ हेडक्वार्टर मकवानपुरले हेटौँडाबाट ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ । टोलीले आइतबार बिहान हेटौँडाबाट भारततर्फ जाँदै गरेको भारतीय एन एल ०१ एसी २१४४ नंको ट्रकबाट नौ क्वीन्टल लागुऔषध गाँजा बरामद गरेको सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक अनिल कार्कीले जानकारी दिए ।

विशेष सूचनाका आधारमा सवारी खानतलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको कार्कीले बताए ।

बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखी पुनः वेल्डिङ गरेर लुकाई ल्याएको अवस्थामा गाँजा बरामद गरिएको उनले बताए । पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *