श्री शाके १९४५ बि. स. २०८० भदौ ३१ गते आइतबार इश्वी सन् २०२३ सेप्टेम्बर १७ तारीख भाद्र शुक्ल पक्ष द्वितीया तिथि पश्चात् तृतिया तिथि हस्ता नक्षत्र पश्चात् चित्रा नक्षत्र बह्मा योग कौलव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा मानस योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु तीजको दर खाने (ज्यो.प. सरोज घिमिरे)
मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिवारका सदस्यहरुबाट टाढा भएको महसुस हुनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहने छन् । नयाँ लगानीका क्षेत्रमा विशेष सावधानी अपनाउनु उत्तम रहने छ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भावना रहेको छ । कार्य सम्पादनका निम्ति गोप्यता आवश्यक रहने छ ।
बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सन्तान सुख प्राप्त हुनेछ । सामान्य चोट पटक सहनुपर्ला । नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ । बौद्धिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानी क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आइपर्ने छ ।
मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रेम सम्बन्धमा सुधार आउने छ । आम्दानी हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाइ रहन सक्छ । सवारी साधनको प्रयोगमा ध्यान दिनुपर्ने समय रहेको छ । खानपानमा सजग रहनुहोला । कार्य क्षेत्रमा सोचेअनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अवसर रहेको छ ।
कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यात्रा हुन सक्ने सम्भावना रहेको छ । मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाइबीच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागे पनि सामान्य त्रुटिले मानशिक चिन्ता दिलाउने छ । तपाईँको कमजोरीको फाइदा अरुले उठाउन सक्नेछन् ।
सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बोलीको प्रभावको कारण मान्यजनको साथ पाइने छ । खानपानका कारण स्वास्थ्य सम्बन्धि सामान्य असर गर्ने छ । मनमा सामान्य डर पैदा हुनुकाे साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोगले बौद्धिक विकासमा जुट्ने समय रहेको छ ।
कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारिवारिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका क्षेत्र र साधनका क्षेत्रमा सामान्य खर्च बढ्न सक्ने छ । सामान्य यात्रा रहन सक्छ । भौतिक सुख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यताले सताउँन सक्छ । पारिवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात् कार्य सिद्धि हुन सक्ला ।
तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च बढ्ने सम्भावना रहेको छ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । परोपकारको क्षेत्रमा मन जानेछ । नजिकका मित्रबाट धोका हुन सक्छ । प्रेमी प्रेमीकाबीच मनमुटाव रहन सक्छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाइएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुन सक्ने छ ।
बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
बोलीको खराब अर्थ लाग्नाले सामान्य झन्झट आइपर्ला । बौद्धिक व्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाइदा हुनेछ । शारीरिक आलस्यताले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागि लगानी गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ ।
धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । इष्टमित्रसँगको सम्बन्धमा सुधार आउने छ । साधारण खर्च भए तापनि दिन मध्यम रहने छ । पारिवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।
मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । दाजुभाइ तथा इष्टमित्रबीच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्ने छ । लगानी गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्तजनबीच भेटघाट हुन सक्ने सम्भावना रहेको छ । धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहने छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिक भनिएका व्यक्तिबाट विश्वासघात हुनसक्छ । खानपानको क्षेत्रमा सजग रहनुहोला । बोलीका कारण साधारण समस्या आउन सक्ने छ । आम्दानीका क्षेत्र सबल रहेका छन् । शुभ चिन्तकहरुको सङ्ख्यामा बृद्धि हुने छ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । मित्रजनहरुबीचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरुसँगको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।