काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई धेरै थारु अगुवाहरूले समाप्त होस् भन्ने चाहेको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत चौधरीले अहिलेपनि जेलमा रहेका अरु बन्दी कुनैपनि हालतमा नछुटुन् र रेशम चौधरी समाप्त होस् भन्ने यिनीहरुको चाहना रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘नङ्गाको कुनै इज्जत बेइज्जत हुँदैन र नाङ्गिएको मान्छे सधैं अरुलाई नङ्ग्याउन प्रयत्नरत रहन्छ । मेरा धेरै थारु अगुवाहरु जेलबाट मलाई ननिस्कोस् भन्ने चाहना राख्दथे साथै अहिलेपनि जेलमा रहेका अरु बन्दी कुनैपनि हालतमा नछुटुन् र रेशम चौधरी समाप्त होस् भन्ने यिनको चाहना हो । हिजो टीकापुर द्वन्द्व गराउने पनि यिनै हुन् । राजवन्दीको नाममा कुम्ल्याउने पनि यिनै हुन् । अहिले भाग नपाएर जथाभावी भुक्ने पनि यिनै हुन् ।’