बांके । बुधबार राति भएको मोटरसाइकल दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको मुगुवा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, बिग्रिएर सडकमा रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा ठोक्किँदा ना ५५ प ९७५६ नम्बरको मोटरसाइकलमा रहेका दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । मृतक दुवै जनाको शवलाई भेरीको पोष्टमार्टम गृहमा राखिएको छ । दुवै जनाको सनाखत नभएको प्रहरीले जानकारी दिएको छ ।
